हृदयघातबाट चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन

ओकेखबर संवाददाता २३ भाद्र २०७७, मंगलवार १७:३३ मा प्रकाशित ( साल अघि) ७०६ पाठक संख्या

काठमाडौं । तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ ।

७४ वर्षीय अभिनेता रेड्डीको आन्ध्रप्रदेशको गुंटुरमा हृदयघातबाट निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अभिनेता रेड्डीले धेरै जसो फिल्ममा निगेटिभ र कमेडी भूमिकामा अभिनय गरेका थिए ।

सन १९९८ मा ब्रह्मा पुथरुदु फिल्मबाट क्यारियर शुरु गरेका जयप्रकाश सन १९९९ मा समारासिम्हा रेड्डी फिल्ममा निभाएको भिलेनको भूमिकाबाट चर्चित बनेका थिए ।

उनको निधनमा दक्षिण भारतीय सिनेमा क्षेत्रका कलाकारले दुख व्यक्त गरेका छन् ।


सम्बन्धित खबरहरु