‘प्रसाद–२’ मा छानिए विपिन र नम्रता

ओकेखबर संवाददाता २० भाद्र २०७७, शनिबार १४:०४ मा प्रकाशित ( साल अघि) ४९५ पाठक संख्या

काठमाडौं । निर्देशक दिनेश राउतको चलचित्र ‘प्रसाद’को दोस्रो शृंखला फेरि निर्माण हुने भएको छ । यो चलचित्रका निर्माता सुवास थापा यतिबेला प्रसाद–२ को निर्माण तयारीमा जुटेका छन् ।

दुई वर्षअघि रिलिज भएको प्रसादमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत मुख्य भूमिकामा थिए । प्रसाद–२ का लागि पनि यी तीनमध्ये दुई कलाकार विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

यी दुई कलाकारलाई प्रसाद–२ का लागि यसै साता अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको छ । प्रसादले सफलता पाएपछि प्रसाद–२ निर्माण गर्न लागिएको सुवासको भनाइ छ ।

यसअघि प्रसादलाई दिनेशले निर्देशन गरेका थिए । तर, यो दोस्रो सिक्वेलमा निर्देशक परिवर्तन भएका छन् । निर्माता सुवास थापाले प्रसाद–२ को निर्देशन जिम्मा सौरभ चौधरीलाई दिएका छन् । सौरभको यसअघि नयाँ फिल्म लभ डायरिज गत वर्ष रिलिज भएको थियो ।

प्रसादकै लेखक तथा सञ्चारकर्मी सुशील पौडेलले प्रसाद–२ को स्क्रिप्ट लेखिरहेका छन् । चलचित्र परिस्थिती सहज भएपछि छायांकन गरिने बताइएको छ ।


सम्बन्धित खबरहरु