नेपाली झण्डा जलाएको भिडियो युट्युबमा राख्ने एक जना पक्राउ

ओकेखबर संवाददाता २ भाद्र २०७७, मंगलवार १५:१० मा प्रकाशित ( साल अघि) ३६२ पाठक संख्या

नेपालको झण्डा जलाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्नेमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्यामेराम्यान इराक लिम्बूलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले लिम्बूलाई काठमाडौंबाट पक्राउ गरेको हो । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगोल होप अफिसियल नामक युट्युब च्यानलमार्फत भिडियो सार्जजिनक भएपछि त्यसको व्यापक विरोध भइरहेको छ । भिडियो निर्माता र उक्त च्यानल सञ्चालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग भइरहेको छ ।

यता, ज्ञानेन्द्र शाहीको समूहले उक्त भिडियो बनाउनेलाई पक्राउ गरी देशद्रोहविरुद्ध मुद्दा लगाउनुपर्ने माग गरेको छ । उक्त समूहले मकवानपुर प्रहरीलाई ईमेलमार्फत उजरी दिँदै भिडियो बनाउनेलाई देशद्रोहको अभियोग लगाउनुपर्ने माग गरेका हुन् । भिडियो निर्माता र युट्युब च्यानल सञ्चालक मकवानपुरका रहेकाले उनीहरूले मकवानपुर प्रहरीलाई उजुरी दिएको बुझिएको छ ।

गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा जलाउँदै गरेको दृश्य देखाइएको छ । राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई ३ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्छ ।


सम्बन्धित खबरहरु