अमेरिकामा कोरोनाको खोप निशुल्क वितरण गर्नुपर्ने

ओकेखबर संवाददाता ३१ श्रावण २०७७, शनिबार ०९:३० मा प्रकाशित ( साल अघि) ६३४ पाठक संख्या

एजेन्सी । कोरोनाभाइरसको खोप यदी प्रमाणित भयो भने, सबै अमेरिकीलाई निशुल्क वितरण गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

अमेरिकी अधिकारीहरुले बिहीबार यस्तो बताएका हुन् । ‘हामीले नियमन कठोरता कम गरेका छैनौँ, हामी मुल्यांकन गर्नेछौँ र सम्वतः खोपलाई मान्यता दिनेछौँ,’ स्वास्थ्य विभागका अधिकारी पल म्यांगोले भनेका छन् ।

अमेरिकाले विभिन्न ६ वटा खोप कार्यक्रमका लागि १० बिलियन डलर भन्दा धेरै लगानी गरिसकेका छन् । साथै दशौँ लाख डोज खोपको सुनिश्चितताको लागि हस्ताक्षर गरिसेको छ । सम्झौता अनुसार खोपको डोज सरकारले नै तिर्नेछ । म्यांगोका अनुसार २०२१ के जनवरीसम्ममा दशौँ लाख खोपको डोज वितरण गरिनेछ ।

राष्ट्रिय स्वास्थ्य संस्थानका निर्देशक फ्रान्सिस कोलिन्सले अमेरिकाले लगानी गरेका ६ मध्ये एक खोप यस वर्षको अन्त्यसम्म आइसक्नेमा आशावादी रहेको बताए ।

राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरुले भने सुरक्षाको सावधानीलाई प्रशासनले वेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । रुसले यही साता कोरोनाभाइरसको खोप दर्ता गरिसकेको छ ।


सम्बन्धित खबरहरु