प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

ओकेखबर संवाददाता २४ श्रावण २०७७, शनिबार ०९:१७ मा प्रकाशित ( साल अघि) ७९० पाठक संख्या

काठमाडौं । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महा-वाणिज्यदूत प्रेमराजा महत र उहाँकी श्रीमती कविता केसी महतलाई कोरोना संक्रमण भएको छ ।

वरिष्ठ लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिए। आफ्नै घरको एउटा-एउटा कोठामा आइसोलेशनमा बसेको पनि महतले जानकारी दिएका छन्।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदी भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।


सम्बन्धित खबरहरु