बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त

ओकेखबर संवाददाता १८ श्रावण २०७७, आईतवार १९:३८ मा प्रकाशित ( साल अघि) ४८७ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किएका छन् ।

आइतबारको कोराना परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।

गएको महिना कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।


सम्बन्धित खबरहरु