अमिताभ बच्चन र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

ओकेखबर संवाददाता ८ श्रावण २०७७, बिहीबार १५:०९ मा प्रकाशित ( साल अघि) ७२५ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । १२ दिनदेखि मुम्बईस्थित नानावटी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को उपचार गरिरहेका उनलाई अझै १र२ दिन अस्पतालमा नै चिकित्सकको निगरानीमा उपचार गरिनेछ ।

यस्तै, अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ नै आएको छ । उनलाई आजै साँझसम्म डिस्चार्ज गर्न सकिने बताइएको छ ।

७७ वर्षीय अमिताभ बच्चन र ४४ वर्षीय अभिषेकका साथै ४६ वर्षीया ऐश्वर्या राय र ८ वर्षकी उनीहरूकी छोरी आराध्यालाई कोरोना संक्रमण भएको थियो ।

उनीहरू सबैको नानावटी अस्पतालमा उपचार भइरहेको छ । बुधबार चारै जनाको कोरोना परीक्षण गरिएको थियो । ऐश्वर्या र आराध्याको भने रिपोर्ट आउन बाँकी छ ।


सम्बन्धित खबरहरु