राजेश हमालका भाइ राकेश हमालको निधन

ओकेखबर संवाददाता ७ श्रावण २०७७, बुधबार १९:३७ मा प्रकाशित ( साल अघि) ६७० पाठक संख्या

काठमाडौं । महानायक राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । उनको उपचारका क्रममा बुधवार (आज) निधन भएको हो ।

हमालका भिनाजु खगेन्द्र जिसीले राकेशको निधन भएको पुष्टि गरे ।

राकेश केही समययता बिरामी थिए । उनको कलेजो प्रत्यारोपणका क्रममा भारतको दिल्लीस्थित उपचार भइरहेको थियो ।


सम्बन्धित खबरहरु