चलचित्र ‘प्रसाद २’ निर्माण हुने

ओकेखबर संवाददाता ६ श्रावण २०७७, मंगलवार १६:१८ मा प्रकाशित ( साल अघि) ४५१ पाठक संख्या

काठमाडौं । फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । वि.सं. २०७५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ मा दिनेश राउतको निर्देशन थियो ।

‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । खबरका अनुसार यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । दिनेशले समय दिन नसक्दा निर्देशनको जिम्मा सौरभलाई सुम्पिएको हो ।

फिल्मको कथा ‘प्रसाद’ लेखक सुशील पौडेलले नै तयार पारिरहेका छन् भने लगानी सुभाष थापाको रहने जनाइएको छ । फिल्ममा कलाकार को रहने भन्ने अझै तय नभएको जनाइएको छ । यद्यपि पुराना केही कलाकार दोहोरिने सम्भावना छ ।

यसअघि ‘प्रसाद’ मा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ शीर्ष भूमिकामा थिए । यो फिल्मलाई ‘प्रसाद’ को प्रिक्वेलका रुपमा तयार गरिने लेखक पौडेलले बताए ।

यसअघि रिलिजमा आएको ‘प्रसाद’ ले चर्चा कमाएको थियो । यद्यपि फिल्मको कथालाई लिएर विवादका साथै बहस पनि भएको थियो ।


सम्बन्धित खबरहरु