मीना निरौलाको ‘गण्डकी बग्यो सली सली…’ सार्वजनिक

ओकेखबर संवाददाता ६ श्रावण २०७७, मंगलवार १३:५३ मा प्रकाशित ( साल अघि) ७०९ पाठक संख्या

काठमाडौं । चर्चित गीतकार तथा सर्जक बसन्त थापा, सर्जक प्रल्लाद सुबेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा मोडल तीज गीत ‘गण्डकी बग्यो सली सली…’ बजारमा सार्वजनिक भएको छ ।

गायिका मीना निरौलाको सुमधुर आवाजमा सार्वजनिक भएको गीतको शब्द प्रल्लाद सुबेदीले लेखेका हुन् ।

सुबेदीको शब्द टपक्क टिपेर गीतकार तथा सर्जक बसन्त थापाले गीतको संगीत गरेका छन् । गीतको संगीत संयोजन आशिष अविरलले हरेका हुन् ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल अन्जली अधिकारीलाई देख्न सकिन्छ ।

चर्चित निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।

भाबगंगा डिजिटल प्रा. लि. म्युजिक कम्पनिले सार्बजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।


सम्बन्धित खबरहरु