कन्नड फिल्म स्टार ध्रुव सर्जा र उनकी पत्नीलाई कोरोना संक्रमण

ओकेखबर संवाददाता २ श्रावण २०७७, शुक्रबार २१:५२ मा प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

काठमाडौं । भारतमा कोरोना संक्रमण बढ्दै गएसँगै भारतीय सेलिब्रेटीहरुमा कोरोना पोजेटिभ देखिएका खबरहरु आइरहेका छन् ।

यसैबीच कन्नड फिल्म स्टार ध्रुव सर्जामा कोरोना संक्रमण भएको छ । सर्जाले पत्नी र आफूमा कोरोना देखिएको ट्वीटरमार्फत जानकारी गराएका छन् ।

‘म र मेरी पत्नीमा कोरोना देखिएको छ, त्यसपछि हामी आफै हस्पिटलमा भर्ना भएका छौं, मलाई आशा छ कि, छिट्टै निको हुनेछौं,’ उनले ट्वीटरमार्फत जनाएका छन् ।

बलिउड स्टार अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र उनकी छोरी, अनुपम खेरको परिवारमा यसअघि कोरोना पोजेटिभ देखिएको थियो ।


सम्बन्धित खबरहरु