प्रियंकाकी सासूले दिएकी थिइन् यति महंगो गिफ्ट

ओकेखबर संवाददाता १ श्रावण २०७७, बिहीबार १३:३६ मा प्रकाशित ( साल अघि) ७३२ पाठक संख्या

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी सासू डेनिस जोनसलाई जन्मदिनको शुभकामना दिइन् । उनले सासूसँगको तस्वीर इन्स्टाग्राममा राखेकी थिइन् ।

डेनिस पेशाले एक शिक्षक हुन् । प्रियंका र निकको बिहेमा उनी भारतमा आएकी थिइन् । भारतीय संस्कृतिमा पनि उनी रमाएकी थिइन् ।


प्रियंका र निकको बिहेपछि सासू डेनिसले प्रियंकालाई हीराको इयररिङ्ग दिएकी थिइन् । जुन निकै महंगो थियो ।

ती रिङ्गको मूल्य करिब ५५ लाख भारु पर्ने बताइएको थियो ।

डेनिसले प्रियंका र निकको इङ्गेजमेन्टका बेलामा पनि पञ्जाबी नृत्य गरेकी थिइन् । नाच्दै गरेको भिडियो उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।


सम्बन्धित खबरहरु