साम्राज्ञीले दिइन् यस्तो सफाइ

ओकेखबर संवाददाता ३० असार २०७७, मंगलवार १२:५९ मा प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा प्रदर्शन गर्दै आफ्नो मानहानि गरेको भनाइ भुवन केसीको छ । केसीले साम्राज्ञीविरुद्ध नेपाल चलचित्र कलाकार संघमा हालेको निवेदनका बारेमा अभिनेत्री साम्राज्ञीले आफ्नो जवाफ दिएकी छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले यसै विषयमा भने, ‘अभिनेत्री साम्राज्ञीले कलाकार संघ आएर आफ्नो सफाइ दिनुभएको छ । आफूले सुरुमा कुनै पनि कलाकारको नाम नतोकी भिडियो सार्वजनिक गर्दा नायक भुवन केसीले आफ्नो बारेमा फेसबुकमा लेखेको, त्यसैले आफू बोल्न बाध्य भएको जवाफ साम्राज्ञीको आएको छ ।’

आफ्ना एक वकिलसहित कलाकार संघ पुगेकी साम्राज्ञीले भुवनको निवेदनउपर लिखित नभएर मौखिक जवाफ दिएको पनि अध्यक्ष खड्काले बताएका छन् ।
अभिनेत्री नम्रता श्रेष्ठको साथमा कलाकार संघको कार्यालय पुगेकी साम्राज्ञीले केही सिनेकर्मीले राम्रो व्यवहार नगरेको कारण यसरी भिडियोमा सिनेकर्मीविरुद्धको बोल्नुपरेको बताएकी छन् ।


सम्बन्धित खबरहरु