प्रमोद खरेलको ‘अरुलाई माया’ सार्वजनिक

ओकेखबर संवाददाता २७ असार २०७७, शनिबार १५:०८ मा प्रकाशित ( साल अघि) ३७२ पाठक संख्या

काठमाडौ । लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

राजकुमार बगरको संगित तथा सुदर्शन पोखरेलको शब्दमा तयार भएको मार्मिक गीत ‘अरुलाई माया’ आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

एभरेष्ट ग्यालरीको युटुब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा सनम कठायत, समिक्षा पोखरेल र गौतम डङ्गोलको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा अन्जन शर्माको निर्देशन रहेको छ ।


सम्बन्धित खबरहरु