चर्चित बलिउड कोरियोग्राफर सरोज खानकाे ७२ वर्षको उमेरमा निधन

ओकेखबर संवाददाता १९ असार २०७७, शुक्रबार ०८:४१ मा प्रकाशित ( साल अघि) ७३३ पाठक संख्या

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनको बिहीबार राति निधन भएको हो ।

जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

बलिउडमा झण्डै ४ दशकसम्म ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी सरोजले नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी छिन् । उनले नृत्य निर्देशन गरेका चर्चित गीतमा

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्।


सम्बन्धित खबरहरु