९ घण्टा भएको बयानमा संजनाले गरिन् यस्ता कैयौं खुलासा

ओकेखबर संवाददाता १८ असार २०७७, बिहीबार ०९:४० मा प्रकाशित ( साल अघि) ११३८ पाठक संख्या

काठमाडौं । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा उनको अन्तिम फिल्म दिल बेचाराकी हिरोइन संजना साँधीसँग प्रहरीले बयान लिएको छ ।

करिब ९ घण्टा भएको बयानमा संजनाले कैयौं खुलासा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

संजनाको डेभ्यु फिल्म रहेको दिल बेचारा सुशान्तको भने अन्तिम दिलम बनेको छ ।

प्रहरीले बयान लिएपछि संजना मुम्बईबाट दिल्ली फर्किएकी छन् । मुम्बईलाई अलबिदा भन्दै संजनाले सामाजिक संजालमा भावनात्मक पोष्ट गरेकी छन् । संजनाको पोष्ट पढ्दा अब उनी मुम्बई नफर्किने आशय बुझ्न सकिन्छ ।

उनले भनेकी छन् (खुद हफिज मुम्बई १ चार महिनापछि तिम्रो दर्शन भयो । म फर्किए दिल्ली । तिम्रो सडक केहि अलग जस्तो लाग्यो । सुनसान थियो, शायद मेरो दिलमा जे दुख छ, मेरो सोचाई बदलिरहेको छ । या शायद तिमी पनि केहि दुखमा छौं । छिट्टै भेट होला या नहोला ।

संजनाले आफ्नो बयानमा दिल बेचारा फिल्ममा आफुले सुशान्तसँग काम गर्ने धेरै पछि थाहा पाएको बताएकी छन् । साथै सुशान्तले आफुलाई कुनै नराम्रो व्यबहार नगरेको बयान दिएकी छन् ।

प्रहरीले सुशान्तसँग जोडिएका हरेकसँग बयान लिनेक्रममा संजनाको बयान लिएको हो । यस अघि प्रहरीले सुशान्तकी प्रेमिका भनिने रिया चक्रवर्तीको बयान लिइसकेको छ ।


सम्बन्धित खबरहरु