क्वारेन्टिनमै माया बसेपछि…

ओकेखबर संवाददाता ६ असार २०७७, शनिबार ०८:३४ मा प्रकाशित ( साल अघि) ९९२ पाठक संख्या

काठमाडौं । गायक सरोज ओलीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक ओली र गायिका मेलिना राईको सुमधुर स्वरमा ‘ए है माया’ बोलको गीत बिहिबार युट्युबमा सार्वजनिक भएको हो ।

यस गीतमा दिपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता तथा मोडल पल शाह, रियाशा दाहाल, सागर लम्साल क्षेत्र (बले) र टिकटकर्स सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

कोरोनाकाे कहरका बीच समसामयीक रुपले क्वारेन्टिनका दृश्यहरु पनि भिडियाेमा समेटिएका छन् । सरोज ओलीकै निर्देशनमा बनेको यस भिडियामा नवराज उप्रेतीको छायाँकन रहेको छ ।


सम्बन्धित खबरहरु