काेराेनालाई विश्वका ३४ लाखले जीते, ४ लाखको मृत्यु

ओकेखबर संवाददाता २५ जेष्ठ २०७७, आईतवार ०७:०३ मा प्रकाशित ( साल अघि) ७११ पाठक संख्या

काठमाडौं । गत डिसेम्बरको अन्तिम सातादेखी विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १७७ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख १ हजार ६२३ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ६९ लाख ६७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६९ लाख ६७ हजार ३६ पुगेको छ ।

३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।


सम्बन्धित खबरहरु