लकडाउन खुकुलो पारिएका देशमा कोरोना संक्रमण झन् बढ्यो : डब्ल्युएचओ

ओकेखबर संवाददाता २४ जेष्ठ २०७७, शनिबार ११:०१ मा प्रकाशित ( साल अघि) ४६६ पाठक संख्या

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लकडाउन खोलिएका केही देशमा कोरोना संक्रमित पुनः बढ्न थालेको जनाएको छ। प्रवक्ता मार्गरेट ह्यारिसले लकडाउन र सामाजिक दूरी खुकुलो भएका देशमा कोरोना संक्रमण बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिन् ।

संसारभरबाट भाइरस निर्मूल नभएसम्म यो सकिएको ठान्न नहुँने भन्दै उनले भनिन् ‘पछिल्ला दिनमा हामीले केही देशमा संक्रमण बढेको पाएका छौँ । लकडाउन र सामाजिक दूरी खुकुलो भएपछि यो बढेको छ । खुकुलो हुँदा मानिसले यो सकियो भनेर ब्याख्या गरेको पाइएको छ । यो सकिएको छैन । संसारभरबाट निर्मूल नभएसम्म यो सकिएको ठान्नु हुँदैन ।’

डब्ल्युएचओले संक्रमण हुनबाट जोगिन एक मिटरको दूरी कायम गर्न र पटकपटक हात धुन तथा हातले मुख, नाक र आँखा छुनबाट जोगिनुपर्ने सुझाव दिएको छ।


सम्बन्धित खबरहरु