विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक

ओकेखबर संवाददाता २४ जेष्ठ २०७७, शनिबार ०८:२२ मा प्रकाशित ( साल अघि) ६६५ पाठक संख्या

एजेन्सी । विश्वभर ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या ४ लाख नजिक पुगेको छ । यस्तै संक्रमितको संख्या ६८ लाख नाघेको छ ।

वल्डोमिटरका अनुसार ६८ लाख ४४ हजार संक्रमित भइसकेकोमा ३ लाख ९८ हजार १ सय ४१ को मृत्यु भइसकेको छ । यस्तै करिब ३३ लाख संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी अमेरिकामा एक लाख ११ हजारको मृत्यु भएको छ भने १९ लाख संक्रमित भइसकेका छन् । दोस्रोमा ब्राजिलमा ६ लाख संक्रमित संख्या पुग्दा ३५ हजारले ज्यान गुमाएका छन् । रुसमा साँढे चार लाख संक्रमित संख्या पुग्दा ५ हजारको मृत्यु भएको छ ।

भारतमा २ लाख ३६ हजार संक्रमित हुँदा ६ हजार ६ सयको मृत्यु भइसकेको छ ।

स्पेनमा २७ हजार, बेलायतमा ४० हजारको मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु