कोरोनाको औषधि खोजीमा पछिल्लो यस्तो सफलता

ओकेखबर संवाददाता १५ जेष्ठ २०७७, बिहीबार ०९:१६ मा प्रकाशित ( साल अघि) ५८९ पाठक संख्या

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित जामिया मिलिया इस्लामिया युनिभर्सिटीको सेन्टर फर ईन्टर–डिसिप्लिनरी रिसर्च इन बेसिक साइन्सेज (सिआईआरबीएससी) का वैज्ञानिकहरुलाई कोरोना भाईरस निको पार्ने औषधि पत्ता लगाउने कार्यमा सफलता  उनिहरुकाे दावी छ ।

हेपाटाईटिस सी र एचआईभीको संक्रमण रोकथाममा प्रयोग हुने औषधि कोरोना संक्रमण रोकथामका लागि उपयुक्त हुने प्रबल सम्भावना वैज्ञानिकहरुले देखेका हुन । यि दुवै औषधिलाई कोरोना रोकथामका लागि उपयुक्त मानिए पनि यसको क्लिनिकल परीक्षण भने भैसकेको छैन ।

जामिया युनिभर्सिटीले गरेको यो अनुशन्धान रिपोर्टलाई विश्व प्रसिद्ध ‘बायो साईन्स जर्नल’ ले पनि उच्च प्रार्थमिकताका साथ प्रकाशित गरेको छ । सिआईआरबीएससीको अनुशन्धान टोलीका मुख्य वैज्ञानिक डा. ईम्तियाज हसनका अनुसार कोरोना भाइरसमा हुने प्रोटिनको संरचनाको अध्ययनद्वारा औषधि खोज्ने प्रयास गरिएको हो ।

अनुशन्धानका क्रममा हेपाटाईटिस सी निको पार्न प्रयोग गरिने एन्टी भायरल औषधि ग्लेकाप्रीविर र एचआईभी संक्रमण रोकथाममा प्रयोग गरिने औषधि मारवीयोक कोरोना भाइरसको मुख्य प्रोटिनको बलियो बाधक रहेको पत्ता लागेको हो । यहि आधारमा यी दुवै औषधिलाई कोरोना संक्रमित विरामीको उपचारमा प्रयोग गर्न सकिने निचोडमा वैज्ञानिकहरु पुगेका हुन ।

डा। हसनले बताए अनुसार, ग्लेकाप्रीविर र मारवीयोक औषधिमा रहेको यो विशेषताका कारण कोरोना भाईरस संक्रमित विरामीलाई निको पार्ने प्रभावकारी औषधि पत्ता लगाउने बाटो खोलिदिएको छ । कोरोना महामारीको अवस्थालाई निर्मुल पार्न हाल उपलब्ध औषधिहरुबाटै नयाँ औषधि बनाउनु सहज, सरल र उत्तम उपाय हो ।

यो प्रकृयालाई मेडिकल साइन्सको भाषामा ड्रग रिप्रोजिङ भनिन्छ । यो प्रकृया अन्तर्गत कम्प्युटरमा ड्रग डिजाईन प्रविधिको उपयोग गरि मुख्य भायरल प्रोटिनको विस्तृत थ्री डी संरचनाको अध्ययनपछि ड्रग रिप्रोजिङ प्रविधिको माध्यमबाट उपयुक्त औषधि पत्ता लगाउन सकिन्छ ।


सम्बन्धित खबरहरु