विश्वभर कोरोनाबाट ५७ लाख ८४ हजार संक्रमित, झण्डै चार लाखको मृत्यु

ओकेखबर संवाददाता १५ जेष्ठ २०७७, बिहीबार ०७:१८ मा प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

काठमाडौं । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ५७ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०१ पुगेको छ ।

यस्तै एकैदिन अरू ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ९३७ पुगेको छ । भने संक्रमितमध्ये २४ लाख ९४ हजार ९५२ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८०१ जनामध्ये ४ लाख ९० हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।


सम्बन्धित खबरहरु