कोरोनाबाट ज्यान जानेको संख्या ३ लाख ४६ हजार नाघ्यो

ओकेखबर संवाददाता १२ जेष्ठ २०७७, सोमबार ०७:५३ मा प्रकाशित ( साल अघि) ३४० पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर बितेको २४ घण्टामा २ हजार ८२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ९९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् ।

२८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२४ जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ८६ हजार ४३६ जनामध्ये ४ लाख ५१ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् ।


सम्बन्धित खबरहरु