पाकिस्तानको दुर्घटनाग्रस्त जहाजमा रहेका १०७ मध्ये २ जीवित !

ओकेखबर संवाददाता ९ जेष्ठ २०७७, शुक्रबार १९:४९ मा प्रकाशित ( साल अघि) ८९१ पाठक संख्या

एजेन्सी । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका १०५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना हुँदा त्यसमा रहेका १०७ मध्ये २ जना जीवित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।

दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य सवार थिए ।

यसअघि मेयर वासिम अख्तरले विमानमा सवार सबै १०७ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । मेयर अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिए।

दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए। विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।


सम्बन्धित खबरहरु