नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि

ओकेखबर संवाददाता ४ जेष्ठ २०७७, आईतवार १६:४८ मा प्रकाशित ( साल अघि) १२४० पाठक संख्या

नेपालमा कोरोना भाइसरको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । बाँकेको नरैनापुर ५ का  पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार उक्त युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालभर दुई सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुईजनाले ज्यान गुमाइसकेका छन् । भने ३६ जना संक्रमित उपचरपछि निको भएर घर फर्केका छन् ।


सम्बन्धित खबरहरु