मृत्यु भएकी महिलामा शिक्षण अस्पताल जानुअघि नै कोरोना संक्रमण थियो : डा. पाण्डे

ओकेखबर संवाददाता ४ जेष्ठ २०७७, आईतवार १४:४६ मा प्रकाशित ( साल अघि) ५६३६ पाठक संख्या

काठमाडौं । कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन । प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् । २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् । त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन । उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो । त्यसको आधाघन्टामा उनको उपचारको क्रममा मृत्यु भयो ।

यो घटनाबाट के अनुमान गर्न सकिन्छ भने –
१० उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ । शिक्षण अस्पतालबाट सरेको भए सरेको ८ देखि १० दिनमै मृत्यु हुने थिएन । सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन । सामान्यतया संक्रमण भएको ३ – ६ हप्तामा मृत्यु हुन्छ । उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ ।
२० कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो ।
३० गर्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ । यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो ।
४० हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ । सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ । यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन ।
५० अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ ।

मृतक बहिनीप्रति हार्दिक श्रद्धान्जलि तथा शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछु ।

-डा रवीन्द्र पाण्डे जनस्जास्थ्य विज्ञ हुन् ।

 


सम्बन्धित खबरहरु