कोरोना संक्रमित सुत्केरीको मृत्युले अत्यन्त दुःखी तुल्याएको छ : प्रधानमन्त्री

ओकेखबर संवाददाता ४ जेष्ठ २०७७, आईतवार १४:२५ मा प्रकाशित ( साल अघि) ४७६ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एकजनाको मृत्यु भएपछि एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् ।कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।

‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाल्ञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ।

ओलीले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।


सम्बन्धित खबरहरु