कोरोनाका कारण विश्वभर ९६ नेपालीको मृत्यु, कुन देशमा कत्ति ? (विवरणसहित)

ओकेखबर संवाददाता ४ जेष्ठ २०७७, आईतवार ०९:५० मा प्रकाशित ( साल अघि) ९४६ पाठक संख्या

लण्डन । कोरोना भाइरसको संक्रमण २१३ देशमा फेलिएको छ । संक्रमणले विश्वभर रहेका नेपालीहरु पनी जोखिममा परेका छन् । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ९६ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार १६ मे २०२० साँझसम्म ९६ जना नेपालीको मृत्यु भएको हो ।

सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।


सम्बन्धित खबरहरु