नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमित २ सय ९१ पुगे

ओकेखबर संवाददाता ४ जेष्ठ २०७७, आईतवार ०८:०० मा प्रकाशित ( साल अघि) ७२३ पाठक संख्या

काठमाडौं । रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी महिला हुन् ।


सम्बन्धित खबरहरु