उनकोबैशाख २४ गते त्रिवि शिक्षण अस्पताल काठमाडौंमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।
कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।
अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ। मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ।
यसैबीच दुई नयाँ संक्रमित पनि थपिएर २८१ जना कोरोना संक्रमित पुगेका छन्। धनुषाका २० र ६५ बर्षिय दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो।