काेराेनाका कारण मृत्यु भएकी भनिएकी महिलाको घर र माइती गाउँ सिल

ओकेखबर संवाददाता ३ जेष्ठ २०७७, शनिबार २०:०५ मा प्रकाशित ( साल अघि) ७६८ पाठक संख्या

काठमाडौं । शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताएका छन् ।

उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हो ।

अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न नपाउने उनले बताए । माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो ।

धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारीका लागि गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए ।


सम्बन्धित खबरहरु