कोरोनाबाट विश्वभर तीन लाख ९ हजार भन्दा बढीको मृत्यु नेपालमा २७८ संक्रमित

ओकेखबर संवाददाता ३ जेष्ठ २०७७, शनिबार १९:३० मा प्रकाशित ( साल अघि) ७४५ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विश्वभर तीन लाख ९ हजार भन्दा धेरैको ज्यान गएको छ । यस भाइरसरबाट यो समाचार तयार पार्दासम्म तीन लाख ९ हजार १३३ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् ।
हालसम्म विश्वभर यस महामारीबट ४६ लाख ५४ हजार ९ सयभन्दा बढी संक्रमित भएकामध्ये १७ लाख ७४ हजार भन्दा धेरै संक्रमित उपचारपछि घर फर्केका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा १४ लाख ८५ हजार ८ सयभन्दा धेरै मानिु संक्रमित भएकोमा ८८ हजार पाँचसयभन्दा बढीको ज्यान गएको छ ।

यता छिमेकी राष्ट्र भारतमा हालसम्म दुइ हजार ७६० को ज्यान गएको छ । भने भारतमा ८६ हजार ५ सय ९५ मानिसमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै नेपालमा शनिबार साँझसम्म दुई सय ७८ जनामा कोरोना सङ्क्रमण भएकोमा ३६ जना निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही देशहरुको तथ्यांक यस्तो छ :


सम्बन्धित खबरहरु