फेरि थपिए ९ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

ओकेखबर संवाददाता २ जेष्ठ २०७७, शुक्रबार २०:४० मा प्रकाशित ( साल अघि) ११६० पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइससका संक्रमितको संख्या २६७ पुगेको छ । शुक्रबार बेलुका थप ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्त डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार  थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५ तथा तुलसी–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोनाको पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हालसम्म मुलुकभर २३ हजार ९२३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने ३६ संक्रमित निको भएर घर फर्केका छन् ।


सम्बन्धित खबरहरु