थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित २५८ पुगे

ओकेखबर संवाददाता २ जेष्ठ २०७७, शुक्रबार ०८:४६ मा प्रकाशित ( साल अघि) ९४९ पाठक संख्या

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको छ ।


सम्बन्धित खबरहरु