आज:
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थप ३ जनामा पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो संक्रमित काठमाडौं, धादिङ र धनुषाका रहेको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।