काेराेना संक्रमितको संख्या २५० पुग्यो, एकैदिन ७ जनामा पुष्टि

ओकेखबर संवाददाता १ जेष्ठ २०७७, बिहीबार ०८:२६ मा प्रकाशित ( साल अघि) ३१५ पाठक संख्या

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ । विहान २ जना र त्यसको केहीबेरमा ५ जना गरी ७ जना कोरोनाका विरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा सर्लाही धनकौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषको जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरी जलेश्वर र बलवा नगपालिकाका १६ र ३५ वर्षका पुरुषमा संक्रमण पुुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजै मात्र काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएको थियो । हिजो एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबरहरु