कोरोनाका दुई संक्रमित अस्पतालबाटैै भागेपछि…

ओकेखबर संवाददाता ३१ बैशाख २०७७, बुधबार १७:४८ मा प्रकाशित ( साल अघि) ६९५ पाठक संख्या

वीरगञ्ज । वीरगञ्जमा रहेको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

उनीहरुमध्ये एकजना सम्पर्कमा आएका छन् ।
अर्का व्यक्तिको पनि खोजी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।


सम्बन्धित खबरहरु