कोरोनाबाट ज्यान जानेको संख्या २ लाख ८१ हजार नाघ्यो (सुचीसहित)

ओकेखबर संवाददाता २८ बैशाख २०७७, आईतवार २०:०४ मा प्रकाशित ( साल अघि) ४९५ पाठक संख्या

काठमाडौं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विश्वभर दुई लाख ८१ हजार भन्दा धेरैको ज्यान गएको छ । यस भाइरसरबाट ४१ लाख ३२ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १३ लाख ४९ हजार ५३८ संक्रमित भएकोमा ८० हजारभन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २५ हजार ५ सयभन्दा धेरै सङ्क्रमित भएका छन् ।

यो सँगै भारतमा ज्यान गुमाउनेको सङ्ख्या दुइ हजार ११४ को ज्यान गएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय नाघेको छ ।

यसैबीच विश्वभर झण्डै २ लाख ३८ हजारभन्दा बढी सङ्क्रमणबाट निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म ११० जनामा कोरोना सङ्क्रमण भएकोमा ३३ जना निको भएर घर फर्किसकेका छन् ।
केही देशहरुको तथ्यांक यस्तो छ :


सम्बन्धित खबरहरु