आज: 

सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप

ओके खबर २८ बैशाख २०७७, आईतवार १९:१८ मा प्रकाशित ( साल अघि) ६६७ पाठक संख्या

एजेन्सी । भारत र चीनको सीमामा दुई देशका सेनाबीच हात हालाहाल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले बताएका छन्।

शनिवारको उक्त घटना स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका आधारमा विवाद समाधान गरेको बताइएको छ।

झन्डै ३,४०० किलोमिटर लामो सीमा क्षेत्रमा दुवै देशको आआफ्नो दाबी छ।


सम्बन्धित खबरहरु