भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन, चार पक्राउ

ओकेखबर संवाददाता २८ बैशाख २०७७, आईतवार १६:४३ मा प्रकाशित ( साल अघि) ५३१ पाठक संख्या

पोखरा । नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।

पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी छन् । सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका क्रममा प्रदर्शन गरिएको विरोध र्‍यालीमा भारतको विस्तारवादविरुद्ध र नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहितको नारा लगाइएको थियो ।


सम्बन्धित खबरहरु