सरकारमाथि गगनको गर्जन : भारतले सिमा मिचेको विषयमा प्रतिवाद खै ?

ओकेखबर संवाददाता २८ बैशाख २०७७, आईतवार १२:१४ मा प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति निन्दा र भत्सर्ना गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गर्नुभएको छ ।
उहाँले भारतको दादागिरी र त्यसमा चीनको न्यायोको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सवैभन्दा अगाडी रहने पनि बताउनुभयो ।

केही समय अगाडी रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि केही थाहा नपाएजस्तो गरेकोप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो । काँग्रेस नेता थापाले त्यस भ्रमणलाई तिर्थयात्रा थियो ? भनेर प्रश्न पनि गर्नुभएको छ ।


सम्बन्धित खबरहरु