कोरोना कहर : नेपाललाई खतराको घण्टी !, भारतमा मृतक संख्या २१०० नाघ्यो

ओकेखबर संवाददाता २८ बैशाख २०७७, आईतवार १०:४३ मा प्रकाशित ( साल अघि) ६७९ पाठक संख्या

एजेन्सी । भारतमा पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको संकट बढ्दै गएको छ ।

अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या झण्डै ६३ हजार पुगेको छ । मृत्यु हुनेहरुको संख्या २१०९ पुगेको छ । भारतमा १९३५८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्य हुन् । भारतभर सरकारले लकडाउनको आदेश जारी गरे पनि कोरोना भाइरसको संक्रमण कम हुन नसकेको हो । भारतले लकडाउनलाई खुकुलो बनाएको छ ।

त्यस्तै नेपालमा हालसम्म ११० जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पनि सरकारले लकडाउन केही खुकुलो बनाएको छ ।
त्यसो त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने अहिले नै लकडाउन खुकुलो नपार्न चेतावनी दिएको छ । यसले नेपाल लगायतका  देशहरुलाई लकडाउन खुकुलो पार्दा खतराको घण्टी बजेको संकेत डब्लुएचओले गरेको छ ।


सम्बन्धित खबरहरु