ओकेखबर संवाददाता
२७ बैशाख २०७७, शनिबार २१:३५ मा प्रकाशित (५ साल अघि)
४२७ पाठक संख्या
काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या ११० पुगेको छ । शनिबार उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कोरोना संक्रमित संख्या ११० पुगेको हो।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।
आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो।