नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२ पुग्यो

ओकेखबर संवाददाता २६ बैशाख २०७७, शुक्रबार १६:३८ मा प्रकाशित ( साल अघि) ४६६ पाठक संख्या

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । भने ३० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।


सम्बन्धित खबरहरु