सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ जना पक्राउ

ओकेखबर संवाददाता २६ बैशाख २०७७, शुक्रबार १६:२५ मा प्रकाशित ( साल अघि) ५१४ पाठक संख्या

काठमाडौं । सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

चिनियाँ नागरिकले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गर्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको हो ।

महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीका अनुसार झडपबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ।

ती चिनियाँ नागरिकका बारेमा राजदूतावासमा छलफल गरेपछि मात्रै थाहा हुने एसएसपी ज्ञवालीले बताए।


सम्बन्धित खबरहरु