नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो, कपिलवस्तुमा भेटिए दुई संक्रमित

ओकेखबर संवाददाता २५ बैशाख २०७७, बिहीबार २१:०७ मा प्रकाशित ( साल अघि) १००७ पाठक संख्या

काठमाडौं । कपिलवस्तुमा दुई जना कोरोना संक्रमित भेटिएका छन् । कपिलवस्तुमा कोरोना संक्रमित भेटिएको यो पहिलोपटक हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् ।


सम्बन्धित खबरहरु