दुई महिने शिशुसहित नेपालमा कोरोना संक्रमित संख्या ९९ पुग्यो

ओकेखबर संवाददाता २४ बैशाख २०७७, बुधबार १६:४२ मा प्रकाशित ( साल अघि) ५६१ पाठक संख्या

नेपालमा दुई महिने शिशुसहित थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

बुधबार कोरोना संक्रमण देखिनेमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमण देखिनेमा दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् ।

हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।


सम्बन्धित खबरहरु