जेठ १८ सम्म सीमा नाका र हवाई उडानमा प्रतिबन्ध

ओकेखबर संवाददाता २४ बैशाख २०७७, बुधबार १४:४० मा प्रकाशित ( साल अघि) ५११ पाठक संख्या

काठमाडौं । सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने भएको छ ।
यस्तै विश्वभर कोरोना संक्रमण बडिरहेका बेला जेठ १८ सम्म अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो ।


सम्बन्धित खबरहरु