जेठ ५ गतेसम्म लम्बियो लकडाउन

ओकेखबर संवाददाता २४ बैशाख २०७७, बुधबार १३:४९ मा प्रकाशित ( साल अघि) ९५७ पाठक संख्या

काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि बिहीबार सकिँदै थियो ।

देशमा कोरोना सङ्क्रमित फेला पर्ने क्रम बढ्दै गएकाले पुनः १० दिन लम्ब्याइएको हो ।

सरकारले पहिलोपटक चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १७ गते र २५ गते ८–८ दिन थप गरिएको थियो । वैशाख २ गते एकैपटक १२ दिन थप गरिएको थियो । चौंथो पटक १० दिन थप गरेको थियो ।

कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।


सम्बन्धित खबरहरु