अमेरिकामा कोरोनाबाट एकैदिन २ हजार ३५० को मृत्यु

ओकेखबर संवाददाता २४ बैशाख २०७७, बुधबार ०८:१५ मा प्रकाशित ( साल अघि) ५९५ पाठक संख्या

कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी प्रभाावित अमेरिकामा फेरि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको छ ।

केही दिन मृत्युदर घटेको अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाबाट फेरि २ हजार ३५० जनाले ज्यान गुमाएका छन् ।

सोमबार त्यहाँ १ हजार ३ सय व्यक्तिको मृत्यु भएको थियो । अमेरिकामा अहिलेसम्म कुल मृतकको संख्या ७२ हजार २ सय नाघेको छ ।

त्यस्तै, बितेको २४ घण्टामा अमेरिकामा २४ हजार ७ सय नयाँ संक्रमति थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १२ लाख ३७ हजार नाघेको छ । जसमध्ये २ लाख ६ सय व्यक्ति उपचारपछि निको हुँदा ९ लाख ६४ हजार व्यक्ति उपचार गराइरहेका छन् । उनीहरुमध्ये १६ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

विश्वभर कोरोनाबाट बुधबार बिहानसम्म ३७ लाख २६ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । जसमध्ये १२ लाख ४१ हजार निको हुँदा २ लाख ५८ हजारले ज्यान गुमाएका छन् ।

 


सम्बन्धित खबरहरु